फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानी तालिबानद्वारा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको घोषणा

By खबरहब

November 28, 2022

काठमाडौँ- पाकिस्तानमा सक्रिय तालिबानले सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।

गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिइएको तहरिक ए तालिबान पाकिस्तानले जनाएको हो ।  साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

विभिन्न क्षेत्रहरूमा आफ्ना लडाकुविरुद्ध सैन्य कारवाही जारी रहेकाले त्यसको जवाफमा प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्धविराम अन्त्य गरिको तालिबानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।