खेलकुद

दक्षिण कोरियाविरुद्ध घानाको रोमाञ्चक जित

By खबरहब

November 28, 2022

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले कोरियलाई ३–२ घोलअन्तरले पराजित गरेको हो ।

घानाको लागि मोहमद कुडुसले दुई तथा मोहमद सालिसुले एक गोल गरे । खेलको २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो । कोरियाका लागि चो गि सुगंले ५८ औं तथा ६१ औं मिनेटमा १(१ गोल फर्काए ।

६८ औं मिनेटमा घानाका कुडुसले अर्को गोल थप्दै घानालाई ३–२ को अवस्थामा ल्याएका थिए । जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ ।