फाइल फोटो

राजनीति

धनुषा ४ मा रोचक बन्दै प्रतिस्पर्धा, महासेठ झिनो मतान्तरले पछाडी

By खबरहब

November 28, 2022

काठमाडौं -धनुषा निर्वाचन क्षेत्र नं ४ मा आम निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणनमा अनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवले आग्रता कायमै राखेका छन् । यादवले २९ हजार ३३७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका सचिव रघुवीर महासेठले २८ हजार ६०९ मत ल्याएका छन् । उनीहरुबीचको ७२८ मतको अन्तर रहेको छ ।