समाचार

बालेनको प्रश्न : खुलेआम आतंकवाद हुँदा के गर्दैछ केन्द्र सरकार ?

By खबरहब

November 28, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंमा खुलेआम आतंतकवाद हुँदा पनि सरकार चुप बसेको आरोप लगाएका छन् । उनले गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै केन्द्र सरकारविरुद्ध प्रश्न समेत उठाएका छन्।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशमा गृह मन्त्रालय , प्रहरी प्रशासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

महानगरपालिकाले आज थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको थियो । उनीहरूले सुकुम्बासी बस्ती हटाउन लागेका मेयर शाहलाई समेत मार्ने धम्की दिएका छन्।