खेलकुद

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्याण्डको बराबरी

By खबरहब

November 28, 2022

काठमाडौँ – विश्वकप फुटबल अन्तरगत अहिले ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा दुवै टोली गोलरहित बराबरी खेलका छन् ।

दुवै टोलीले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।समूह ‘जी’ मा रहेका ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।

ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ। चोटका कारण नेयमारले केही खेल गुमाउने छन्। आजको जित निकाल्ने टोली एक खेल अघि नै नकआउटमा सुरक्षित हुनेछ। अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ।