फाइल तस्बिर

समाचार

काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो

By खबरहब

January 29, 2022

काठमाडौं – काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

उनका अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन र बिहानको तापक्रम बढ्छ। तर राति आकाश खुल्दा जमिन चिसो भएर बिहानको तापक्रम घट्छ।

यसैबीच अहिले तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन्। वर्षा र हिमपात गराउने प्रणाली नभएकाले आज दिउँसो देशका धेरै ठाउँको मौसम सफा हुने मौसमविद् पौडेलको भनाइ छ।

पहाडी भेगमा भने आशिंक बदली हुने सम्भावना रहेको पनि उनले जानकारी दिए।