फाइल फोटो

समाचार

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

By खबरहब

January 29, 2022

काठमाडौँ – पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले देशभरको मौसममा सामान्य वदली रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ।

भोलि (आइतबार) दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।