प्रेरक

प्रेरक प्रसङ्ग : अंग्रेजलाई जुत्तामा पालिश गराउँदा !

By खबरहब

January 29, 2022

यो घटना सन् १९१९ को हो । इङ्ल्याण्डको सडकमा सुभाषचन्द्र बोस एउटा अङ्ग्रेज साथीसँगै गइरहेका थिए । तब एउटा पालिस गर्ने अङ्ग्रेज युवकले उनको छेउमा आएर सोध्यो, सर पालिस गराउनुहुन्छ?

सुभाषचन्द्रले एक नजर आफ्नो चम्किलो जुत्तातिर हेरे र फेरि जुत्ता अगाडि बढाए ।

पालिस गराएर सुभाषचन्द्र केही अगाडि बढे तब अर्को अङ्ग्रेज युवकले सोध्यो, साहेब पालिस गराउनुहुन्छ ?

सुभाषचन्द्र बोसले पुनः आफ्नो जुत्ता अगाडि बढाए । यो देखेर उनको अङ्ग्रेज साथीले सोधे, सुभाष केही क्षण पहिला त तिमीले जुत्तामा पालिस गराएका थियौ, फेरि पालिस किन गराइरहेका छौ ?

सुभाषचन्द्रले निर्भीकताका साथ जवाफ दिए, कुरा यो हो कि अङ्ग्रेजलाई आफ्नो जुत्तामा पालिस गर्न लगाउँदा मेरो शिर गर्वले उच्च हुन्छ ।

साभार : ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट