मनोरञ्जन

रोमान्टिक पल र मलिका

By कुबेर डंगोल

January 29, 2022

काठमाडौं– अभिनेता पल शाह र मोडल मलिका महत पछिल्लो समय नेपाली म्यूजिक भिडियो सर्वाधिक रुचाइएका जोडी हुन् । यो जोडीले ‘फूलबुट्टे सारी’, ‘टाढा भएपनि’ जस्ता हिट गीतमा अभिनय गरेका छन् ।

मलिका नेपाली फिल्ममा आशलाग्दी कलाकारका रुपमा चिनिन्छिन् । उनले फिल्म ‘यात्रा’बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिइन् ।

यो जोडी फिल्म ‘पर्खी बसें २’मा देखिने चर्चा फिल्म क्षेत्रमा केही समययता चलिरहेको छ । केही समययता अभिनेता पलको नाम गायिका समीक्षा अधिकारीसँग जोडिएर आइरहँदा मलिका भने अहिलेसम्म स्वच्छ छविकै रुपमा चिनिएकी छन् ।

यो जोडीले अभिनय गरेको गीत ‘गाजलु टिकी’ शुक्रबार सार्वजनिक भएको थियो । यो गीतले अहिले चर्चा पाइरहेको छ ।