समाचार

तानसेन नगरपालिकाको सेवा स्थगित

By खबरहब

January 29, 2022

पाल्पा–तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ ।

नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिनुुभयो । नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।