राजनीति

नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक जारी, दबाबका कार्यक्रम तय गर्ने

By खबरहब

January 29, 2022

भक्तपुर– स्थानीय तहको चुनाव समयमै गराउन नेकपा एमाले दबाब दिने भएको छ । निर्वाचनको मिति तोक्न दबाब दिने उद्देश्यले आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक भक्तपुरमा बसिरहेको छ ।

सत्ता गठबन्धन दलहरूले निर्वाचन ऐन संशोधन गराएर कार्तिकमा चुनाव गराउने तयारी गरेपछि नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ । बैशाखमै स्थानीय तहको निर्वाचन गराउन संयन्त्रले दबाबमुलक कार्यक्रमहरू तय गर्ने एमाले नेता सञ्जीवकुमार झा सुरजले जानकारी दिए ।

संयन्त्रमा विद्यार्थी, युवा, महिलाका गरी २२ संगठन छन् । बैठकमा जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी भएका छन् ।