खेलकुद

एपीफएलाई आहा रारा गोल्ड कपको उपाधि

By खबरहब

January 29, 2022

पोखरा– आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।

आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो ।

अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, सङ्कटा फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, बीवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब सहभागी भएका थिए ।