तस्वीर- रोयटर्स

समाचार

डब्लुएचओले भन्यो– कोरोनाको नयाँ स्वरुपबारे थप अध्ययन आवश्यक

By खबरहब

January 29, 2022

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ कोरोना भाइरस’ बारे थप अध्ययन आवश्यक रहेको बताएको छ।

चीनका अनुसन्धानकर्ताले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरका बीचमा तीव्र रुपमा फैलिइरहेको छ।

एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरस अलग–अलग किसिमको भाइरसहरूको समूह बन्ने र सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने बताइएको छ।

डब्ल्युएचओले हालै भेटिएको नियोकोभबारे जानकारी प्राप्त भएको र मानव स्वास्थ्यका लागि कति खतरनाक छ भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको बताएको छ।