खेलकुद

सुदिप र आकाशको राष्ट्रिय टोलीबाट डेब्यु

By खबरहब

January 29, 2022

काठमाडौँ– सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

मौरिसससंग जारी पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए ।

यस्तै आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थानमा लिएका हुन् । उनी एन्फा एकेडेमीका खेलाडी हुन्

जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो यूथ क्लबबाट उच्च प्रदर्शन गरेका सुदिप र आकाशले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा मौका पाएका थिए ।

त्यही अघि सुदिप टुसाल यूथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् ।