राजनीति

युवा संघद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन

By खबरहब

January 29, 2022

सिरहा– नेकपा एमालेसम्बद्ध युवा संघले प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन गरेको छ ।

आज सिरहाको गोलबजारमा भएको विरोध प्रदर्शनका क्रममा राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुतला दहन गरेका हुन् । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरेको भन्दै उनीहरूले प्रधानमन्त्री देउवाप्रति आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै, माघ ५ गते रौतहटमा भएको सभामा अराजक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको पुतला दहन गरिएको छ ।

संघको सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता र किसानलाई मलखादको व्यवस्था गर्न पनि माग गरिएको थियो ।