फाइल फोटो

राजनीति

एमसीसीबारे समान धारणा बनाउन गठबन्धनका नेतासमक्ष प्रधानमन्त्री देउवाको प्रस्ताव

By खबरहब

January 29, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धनका सबै दलले एकै धारणा बनाएर संसदमा लैजानुपर्ने बताएका छन् ।

स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । एमसीसी चाँडै संसदबाट पास नगराए कूटनीतिक जटिलता आउने उनले बताएको खबरहबसँग एक नेता बताए ।

बैठकमा देउवाले भने, ‘एमसीसी संसदमा लैजान अब विलम्ब गर्न हुन्न । ढिला भए कूटनीतिक समस्या आउँछ । एमसीसीलाई अघि बढाउन गठबन्धनको समान धारणा बनाउनुपर्छ । अनि तीनै चरणको निर्वाचनसम्म गठबन्धन कायम हुनुपर्छ ।’

बैठकमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी नेपालका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत ७ जना सहभागी थिए ।