सांकेतिक तस्बिर

समाचार

लमजुङमा तोकियो १८२ मतदान केन्द्र

By खबरहब

March 29, 2022

लमजुङ – ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार ४ सय ९४ छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थनलाई अतिसंवेदनशीलमा राखेको छ। ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन्। यसमा १ सय २३ वटा मतदानस्थल छन्। १ सय ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ।