फाइल फोटो

राजनीति

एमाले अध्यक्ष ओलीले आज भ्यु टावरको उद्घाटन गर्दै  

By खबरहब

March 29, 2022

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज धरहरा पछिकै सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन गर्दैछन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्न ओली त्यसतर्फ जान लागेका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

स्थानीय तहको निर्वाचनको तयारीका लागि शीर्ष नेताहरु यतिबेला देश दौडाहमा छन्।