फाइल फोटो

राजनीति

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

By खबरहब

March 29, 2022

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिका लागि बोलाइएको पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने । उनका अनुसार देश भरीको रिर्पो‍ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।