आर्थिक

घट्यो सुन र चाँदीको मूल्य

By खबरहब

March 29, 2022

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।