सांकेतिक तस्बिर

अपराध

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ 

By खबरहब

March 29, 2022

झापा – बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ बर्सिया गंगा माया नेपाली रहेका छन् ।

पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ वैशाख १४ बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।