तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए

By खबरहब

March 29, 2022

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो ।

त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सात पानीजहाज पनि ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

युक्रेनमा जारी आक्रमणका क्रममा भएका सैनिक हताहतीबारे दुई पक्षले फरक फरक तथ्यांक प्रस्तुत गर्दै आएका छन् । गत शुक्रबार रुसले युक्रेनमा आफ्ना केबल १ हजार ३ सय ५१ सैनिक मारिएको जनाएको थियो ।

यद्यपि यी दुबै दाबीको स्वतन्त्र पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।