तस्बिर: प्रदीप भट्टराई फेसबुक

मनोरञ्जन

वैशाखबाट छायांकन गर्ने तयारीमा निर्देशक भट्टराई

By खबरहब

March 29, 2022

काठमाडौँ- जात्रा सिरिज मार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याई सकेका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्मको तयारी थालेका छन् । स्क्रिप्टको काम सकाएर छायांकनको तयारी गरिरहेको उनले बताए । ‘हामी वैशाखमा छायांकनमा जाने तयारीमा छौँ । संवत तेस्रो साताबाट छायांकनमा जान्छौँ’ निर्देशक भट्टराईले भने । उनले फिल्मको टाइटल सहित सम्पूर्ण टिमलाई यसै साता परिचय गराउने समेत बताए ।

‘हामी फिल्मको टाइटलसँगै अन्य जानकारी पनि दिनेछौँ । रिलिजका लागि समेत छलफल गर्दैछौँ’ निर्देशक भट्टराईले भने । जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रै जात्रालाई पनि दर्शकले रुचाइसकेका छन् । यसैले गर्दा पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनले बताए ।

‘डेब्यु फिल्म मार्फत नै पाइरहेको सफलताले म माथि जिम्मेवारी थपिएको छ । सफलता त व्यवसायिकता भयो नै मैंले दर्शक माँझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनु पर्ने छ’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिज भन्दा बाहिरको टाइटलमा फिल्म गर्दैछन् । उनले चलचित्र विकास बोर्डमा समेत टाइटल दर्ता गराई सकेका छन् ।