आर्थिक

भक्तपुरमा साढे सात सय स्टलको नेपालकै ठूलो तरकारी बजार स्थापना

By खबरहब

March 29, 2022

भक्तपुर– भक्तपुरको सिपाडोलमा नेपालकै ठूलो तरकारी बजार खुलेको छ ।

बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएको छ ।

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उद्घाटनको तयारी पूरा भएको जनाए ।

बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोकनजिकै दक्षिण पूर्वमा यो बजार छ ।

तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ ।