प्रतिकात्मक तस्वीर

क्रिकेट

त्रिकोणात्मक टी–२० क्रिकेटः आजको खेलमा पनि पीएनजी पराजित

By खबरहब

March 29, 2022

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेटअन्तर्गत मंगलबारको खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले पीएनजीलाई ९ रनले पराजित गरेको हो ।

यसअघि, सोमबार भएको खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो ।

जवाफमा पीएनजी १९ ओभर ३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रन, कप्तान अहमद फैजले ५६ रन र साइद अजिज ४७ रन बनाएका थिए । पीएनजीका लागि नोर्मान भनुवाले दुई विकेट लिएका थिए ।

१ सय ८१ रनको चुनौती पाएको पीएनजीका लागि टोनी उराको ५६ रन, नोर्मान भनुवाले ४५ रन, असाद भालाले ११ र सिमोन अटाइको १७ रन बनाएका थिए ।

मलेसियाका लागि सर्भीन मुनिएन्डीले ४ विकेट, महमद वाफीक र पवनदिप सिंहले ३–३ विकेट लिएका थिए ।

काठमाडौँमा नेपाल, मलेसिया र पीएनजीबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट भइरहेको हो ।