खेलकुद

विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी

By खबरहब

March 29, 2022

काठमाडौं । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत जापान र भियतनामबीचको खेल बराबरीमा सकिएको छ ।

छनोटअन्तर्गत मंगलबार जापानले भियतनामसँग १–१ गोलको बराबरी खेलेको हो ।

१९ औँ मिनेटमा एनग्युएन थान्ह बिन्हले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए ।

५४ औँ मिनेटमा भने माया योशिदाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

यो बराबरीसँगै जापानले १० खेलमा २२ अंक जोडेको छ । जापान शीर्ष स्थानमा रहेको छ । भियतनामको मात्र ४ अंक छ ।