बैंक/वित्त

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

By खबरहब

April 29, 2022

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।