समाचार

थप १४ जनामा कोरोना संक्रमण

By खबरहब

April 29, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।