खेलकुद

शहीद स्मारक सी डिभिजन : झापाको तेस्रो जित

By खबरहब

April 29, 2022

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

झापाको जितमा पेमा तामाङको गोल नै निर्णायक बन्यो ।

झापाका नितेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

मनोहरा युनाईटेड क्लब र समाज कल्याण खेलकुद केन्द्रबीचको खेल दिउँसो ४ बजे हुनेछ ।