फाइल फोटो फाइल फोटो

ब्रेकिङ स्टोरी

सम्पर्कविहीन जहाजको अपडेट : म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो

By खबरहब

May 29, 2022

पोखरा– पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी शुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।