फाइल फोटो फाइल फोटो

ब्रेकिङ स्टोरी

‘पाइलटको फोन लागिरहेको छ, जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान’

By खबरहब

May 29, 2022

पोखरा-  सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ ।

जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन । अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौँ,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्रेस गर्ने काम भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’

-न्युज कारखाना