मनोरञ्जन

लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’

By खबरहब

May 29, 2022

काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण सभामा लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन फिल्म निर्देशक सम्मानित भएका छन् ।   लेखक तथा निर्देशक शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको हो ।  भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक निर्देशक शर्माले  ‘बदलिँदो आकाश’ बाट निर्देशन यात्रा सुरु गरेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन् । 

१४ औँ साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा निर्देशक शर्माले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको चलचित्र निर्देशक समाज निर्मित सम्मानपत्रमा उल्लेख गरिएको थियो । 

यसै गरी कार्यक्रममा मध्यम पुस्ताका निर्देशकलाई पनि उनीहरूले गरेको कामका लागि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, सुचित्रा श्रेष्ठ र मिलन चाम्स थिए ।