फाइल फोटो फाइल फोटो

ब्रेकिङ स्टोरी

तारा एयरले भन्यो- हराएको विमान उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई  

By खबरहब

May 29, 2022

काठमाडौँ- तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ । 

तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाई राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ । 

हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ प्रस्थान छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु छन् ।