आर्थिक

मन्त्रिपरिषद्‍बाट बजेट पारित

By खबरहब

May 29, 2022

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय पारित गरेको हो।

योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपरान्ह ४ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।