आर्थिक

बजेटको प्राथमिकतामा कृषिको रुपान्तरण

By खबरहब

May 29, 2022

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले आगामी बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण रहेको जनाएका छन् ।

त्यस्तै अर्थमन्त्री शर्माले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास र मानव संशाधन विकास, पूर्वाधार विकास र पुँजी निर्माण पनि बजेटको प्राथमिकतामा रहेको जनाएका छन् । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।