फोटो फिचर

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (फोटो फिचर)

By खबरहब

May 29, 2022

काठमाडौँ– बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थद नबनाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ । 

गत बिहीबार सर्वोच्च अदालतले वातावरणीय कारण देखाएर  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । 

आइतबार माइतीघर मण्डलमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले ‘के विकास र समृद्धि अधिकार होइन ?, कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, ‘वातावरणको नाममा विकास रोक्न पाइदैन’ प्लेकार्ड बोकेका थिए ।