आर्थिक

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन 

By खबरहब

May 29, 2022

काठमाडौँ- सरकारले कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । 

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।