फाइल फोटो

आर्थिक

‘स्टार्टअप’ का लागि २६ करोड रकम विनियोजन

By खबरहब

May 29, 2022

काठमाडौँ- सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका छन् । 

विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने वातावरण मिलाइने भनिएको छ ।