खेलकुद

शहीद स्मारक सी डिभिजन लिगमा महावीरको छैटौँ जित

By खबरहब

May 29, 2022

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीरले छैटौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीरले ओएसीस क्लबलाई ३–० को गोलअन्तरले पराजित गरेको हो । महावीरको जितमा रोमन तामाङले २ तथा सुरज थारुले १ गोल गरे । खेलको २१ औँ मिनेटमा सुरजको गोलले महावीरले अग्रता लियो । 

खेलको ३५ औँ मिनेटमा महावीरको लागि रोमनले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा महावीरले पाएको पेनाल्टीमा रोमनले दोस्रो गोल गर्न सफल भए । महावीरका सन्दीप थारु म्यान अफ द म्याच’ घोषित भए ।