आर्थिक

वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

By खबरहब

May 29, 2022

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए । तराई मधेशका नदीहरूमा तटबन्ध गरी नदी उकास जमिनमा बायोइन्जिनियरिङ लगायतका माध्यमबाट हरियाली करिडोर निर्माण गरिने मन्त्री शर्माले बताए । 

महाभारत क्षेत्रमा खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानमा वातावरणीय मूल्यांकनको आधारमा मार्बल, ग्रेनाइट तथा बहुमूल्य धातु फलाम, चुनढुंगाको उत्खनन तथा प्रशोधन गरी निर्यात गरिने मन्त्री शर्माले बताए ।