फाइल फोटो

आर्थिक

स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट

By खबरहब

May 29, 2022

काठमाडौँ– सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीसँग आवश्यक तयारी गरिने बताए । 

स्वास्थ्य बिमा कार्यक्रममा थप प्रभावकारी र व्यवस्थित बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पतालहरूबाट मात्र उक्त सेवा उपलब्ध गराउनेछ ।

यसका लागि सबै सामुदायिक, सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाई स्थापना गरिने मन्त्री शर्माले बताए ।