आर्थिक

नेपाली निर्माण व्यवसायीलाई विदेशमा लगानी गर्न दिने सरकारको योजना

By खबरहब

May 29, 2022

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले नेपाली निर्माण व्यवसायीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेका छन् ।

उनले नेपाली निर्माण व्यवसायीलाई विदेशमा समेत व्यवसाय गर्न दिन नीतिगत व्यवस्था गरिने जानकारी दिए । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।