काठमाडौं- सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका कपडा मात्रै लगाउनुपर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् ।
अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ । सरकारले जनकपुर चुरोट कारखाना लगायत अन्य उद्योग पनि पुन: सञ्चालन गर्ने घोषणा गरेको छ ।