समाचार

दूरसञ्चार सेवा दस्तुर घट्यो‌‌, अब इन्टरनेटको शुल्क घट्ने

By खबरहब

May 29, 2022

काठमाडौं– सरकारले दूरसञ्चार सेवा दस्तुर वापत लिइने शुल्कको तीन प्रतिशत घटाएको छ ।

आर्थिक वर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो ।

अहिलेसम्म सरकारले दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ ।

योसँगै अब इन्टरनेटको शुल्क पनि घट्नेछ भने फोन तथा मोबाइल सेवा प्रयोग गर्दा लाग्ने इन्टरनेटमा लाग्ने शुल्क पनि घट्ने भएको छ ।