फाइल फोटो

खेलकुद

विम्बल्डन : नाडालको विजयी सुरुवात

By खबरहब

June 29, 2022

काठमाडौँ – अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार राति  सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ ६-४ को सेटमा जित निकाले । विश्व वरियताको दोस्रो स्थानमा रहेका नाडालको यो ३०६औं ग्रान्डस्लाम जित हो ।

अब, कीर्तिमानी २२औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।