मनोरञ्जन

‘लन्डन टु पेरिस’ टोली बेलायत जाँदै 

By खबरहब

June 29, 2022

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ को छायांकनको लागि निर्माण युनिट बेलायत प्रस्थान गर्ने भएको छ । आज दिउसो ३ बजेको विमान मार्फत निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का र कार्यकारी निर्माता अजितकुमार थापा बेलायत प्रस्थान गर्दै छन् ।

निर्माण पक्षले तय गरेको लोकेसन फाइनल गर्न , स्थानीय कलाकारहरूलाई फाइनल गर्न निर्देशक सहितको टोली अगाडी नै बेलायत जान लागेको मुख्य सहायक निर्देशक खड्काले बताए ।

‘हामी त्यहाँ पुगेको झन्डै सातापछि कलाकार टोली आउनु हुनेछ । हामीले स्थानीय कलाकारसँगै छायांकन अगाडीका केही काम सकाउने छौँ’ खड्काले भने । साम्राज्ञी आरएल शाह, कबीर खड्का, निश्चल खड्का, लोकविक्रम मल्ल र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लन्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदै छ ।

भ्रमणमा आधारित प्रेमकथाको यो फिल्म बेलायत हुँदै पेरिससम्म सुटिङ हुने तयारीमा छ ।