समाचार

हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौँ : अध्यक्ष ओली

By खबरहब

June 29, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताएका छन् । १९ औँ धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कने उनले बताए । आफैँलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।