मनोरञ्जन

‘बुलाकी’ ले तय गर्‍यो रिलिज 

By खबरहब

June 29, 2022

काठमाडौँ- फिल्म ‘बुलाकी’ कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले रिलिज तय गर्दै पोस्टर समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मकी लिड कास्ट सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । गाउँले लुक्समा तीनै पात्र कर्णालीको सेटअपमा छन् ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुत कर्ता छन् ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।