देश/प्रदेश

अटो र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते 

By खबरहब

June 29, 2022

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० वर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम -१ सिजालीका ३२ वर्षीय मानसिंह कार्की र उनकै ३० वर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भइरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाइकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो ।