ब्रेकिङ स्टोरी

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखियो

By खबरहब

June 29, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएको जानकारी दिए । 

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।